विरुवा गाउँपालिकाले एकदिने मेला आयोजना गर्दै, स्थानीय उत्पादनलाई प्राथमिकता

फागुन १३/खबरकलम डेस्क: स्थानीय कला, संस्कृति, साहित्य, कृषि, पर्यटन, सेवा, सीप तथा उद्यमशीलताको प्रवर्धनका लागि विरुवा गाउँपालिकाले एकदिने प्रदर्शनी मेला आयोजना गर्ने भएको छ।

विरुवा गाउँपालिकाको विरुवा बजारमा फागुन २४ गते बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मेला तथा प्रदर्शनी आयोजना गर्न लागेको हो। स्थानीय कृषक, उत्पादक, कलाकर्मी, सेवाप्रदायक , उद्यमी तथा व्यावसायीलाई उक्त मेलामा सहभागी भई प्रदर्शनी सफल बनाउन विरुवा गाउँपालिकाले अनुरोध गरेको छ।

उक्त मेला तथा प्रदर्शनीमा भाग लिन इच्छुक कृषक, उत्पादक, कलाकर्मी, सेवाप्रदायक, उद्यमी तथा व्यावसायीलाई फागुन २२ सम्ममा मेलामा आफूले प्रदर्शनी गर्ने आफ्नो विस्तृत प्रकृतिको विवरण सहित नाम दर्ता खुला गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए। उनका अनुसार हरेक विधामा उत्कृष्ट हुनेलाई प्रत्येक विधाको रु ५००० नगद पुरस्कार सहित सम्मान गरिनेछ।

Share Post on Social media