अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न

खबरकलम डेस्क/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा आधारभुत तह (६-८) मा “मानव जीवनमा पोषणको महत्व” शीर्षकमा श्री पन्चकन्या मा.वि. कि सुप्रीया क्षेत्री प्रथम भएकी छिन्।‌

यसैगरी अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकी सुलता थापा मगर द्वितीय, घण्टे माविकी छात्रा निर्मला गुरुङ तृतीय हुन सफल भएकी छन्। माध्यमिक तह (९-१२)मा “पोषणमैत्री पालिका निर्माणमा विद्यार्थीको भूमिका” शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा घण्टे मा.वि. का छात्र प्रविन बिक प्रथम, जन माविका छात्र अनिस चापागाइँ द्वितीय तथा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका छात्र सचिन जिसीले तृतिय स्थान प्राप्त गरेका छन्।‌

अर्जुनचौपारी गाउँपालिकाले हिजोमात्र अन्तर वडास्तरीय पोषणसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो।

Share Post on Social media