पोषण कार्यक्रमअन्तर्गत अर्जुनचौपारी गाउँपालिकाका सेवाप्रदायक कार्यालयमा युरोगार्ड जोडियो
भदौ ७/खबरकलम संवाददाता: पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण सेवाप्रदायक कार्यालयमा शुद्ध पिउने पानीको लागि युरोगार्ड जडान गरिएको छ।
अर्जुनचौपारी गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय, आयुर्वेद औषधालय , स्वास्थ्यचौकी , वडा कार्यालय र गाउँपालिकाको कार्यालय लगायत सम्पुर्ण सेवा प्रदायक ठाउँहरुमा शुद्ध पिउने पानीको लागि युरोगार्ड र तातो चिसो पिउने पानीको लागि वाटर डिस्पेन्सर जडान गरिएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।
गाउँपालिका स्रोतका अनुसार कुल आठ लाख लागतमा ३५ वटा युरोगार्ड र ५० वटा वाटर डिस्पेम्सर जडान गरिएको हो।
यसैगरी पालिकाले सेवाप्रदायक कार्यालयमा फोहोर व्यावस्थापनको लागि डस्टविनको व्यवस्था गरी स्थानीय युवा क्लब, आमा समूह र सरोकारवालाहरुको समन्वयमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्