प्रथम सेपत कप टोल स्तरीय भलिबल प्रतियोगिता आँधीखोलामा सुरु
विकास ठकुरी/असोज २८: प्रथम सेपत कप टोल स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आँधीखोला गाउँपालिकामा सुरु भएको छ।
आजबाट असोज ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गर्दै खेलबाट सामाजिक सद्भाव र युवाहरुको अनुशासन बढेको बताए।
सेपत युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा आँधीखोला गाउँपालिकाभित्रका १४ वटा टीमले सहभागिता जनाएको सेपत युवा क्लबका अध्यक्ष इन्द्रबहादुर रानाभाटले जानकारी दिए। उनका अनुसार प्रथम हुने टिमलाई शिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु तीस हजार, द्वितीय टीमलाई शिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु बीस हजार तथा तृतीय हुने टीमलाई नगद रु दश हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण तारा डिजिटल युट्युब च्यानल समाचार प्रकाशन र खबरकलम डटकमद्वारा गरिनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्