विरुवा गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविरमार्फत विभिन्न सेवा प्रदान गरियो

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आयोजना गरेको २ दिने एकीकृत घुम्ती सेवा शिविर अन्तर्गत आज वडा नं २ तुलसीचौरमा सञ्चालन भएको सेवा शिविरमा विभिन्न सेवा प्रदान गरिएका छन्।

उक्त शिविरबाट ७ वटा व्यक्तिगत घटना दर्ता, ९ वटा मालपोत कर सङ्कलन गरिएको छ। स्वास्थ्य परीक्षण र औषधि वितरण संख्या ९० रहेको पालिकाले जनाएको छ। जसमा (सुगर जाँच -७६, भि आइ ए जाँच -५) साथै शिविरबाट एक योजना सम्झौता समेत गरिएको, एउटा योजनाको भुक्तानी गरिएको छ भने १३ वटा बेरोजगार सूचीकरण फारम संकलन समेत गरिएको छ।

पशुपन्छी स्वास्थ्य सेवा (औषधि वितरण सहित) २९३, (रेविज विरुद्धको खोप-७), कृषि परामर्श तथा माटो परीक्षण ४ वटा र जेष्ठ नागरिक परिचयपत्र वितरण ३२ वटा गरिएको पालिकाले जनाएको छ।

Share Post on Social media