स्वास्थ्य प्रोटोकल अपनाई हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

✍️ जीवन अर्याल/खबरकलम


मानव जीवनमा सबैभन्दा सिर्जनशिल, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अबस्था नै हो भन्ने भनाइलाई आत्मसात गर्दै मिति २०७७-०५-२० गतेका दिन क्रिएटिभ युुुवा क्लबद्वारा आयोजित खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्थानीय ६ टिम समाबेश भएका थिए। संगम थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालक दिनेश अर्यालले गर्नुभएको थियो। स्वागत मन्तब्य दिँदै प्रकाश अर्यालले यस्तो विषम परिस्थितिमा बालबालिकाको पढ्ने बानीको बिकास होस् र किताबी ज्ञान मात्रै नभई सामान्य ज्ञानको पनि आवस्यकता पर्ने हुँदा बालबालिकाको सिर्जनशिलता विकास गर्न पनि उक्त कार्यक्रम संचालन गरिएको उनको भनाई थियो।
युवाहरू परिवर्तनका सम्वाहक हुन्। र, समाज परिवर्तनका आधार हुन् भन्ने भनाइलाई प्रयोगात्मक शैलीमा उजागर गर्नुपर्छ र युवाले नै समाजको परिवर्तन गर्न सक्छन् भन्दै समाजसेवी अमृत अर्यालले र सागर थापाले शुभकामना मन्तब्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा समाजका समाजसेवी , लब्ध प्रतिष्ठित व्यक्तित्वको पनि उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा सफलता हासिल गर्ने विद्यार्थीहरु सृष्टि थापा,बिमल अर्याल,परि थापा, सभ्यता तिवारी लगायतका थिए‌।
सम्पुर्ण सहभागी भाइबहिनीहरुलाई बधाई र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संगम थापाले कार्यक्रमको समापन गर्नुभएको थियो।

Share Post on Social media