खिलुङ कालिका एग्रो फार्मको ट्रक दुर्घटना

खबरकलम संवाददाता/भदौ २१: हेलु-अर्जुनचौपारी सडकखण्ड अन्तर्गत कालिका क्याम्पस (भीरकोट ७) नजिकै खिलुङ कालिका एग्रो फार्मको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा ४ लाख बराबरको अण्डा नष्ट भएका छन् भने मानवीय क्षति भने भएको छैन।

सडक चौडा गर्ने क्रममा पुरिएको माटोमा ट्रक चिप्लिएको हो। उक्त ट्रक माटो भरिएको सडकबाट चिप्लिएर ५ मिटर तल खसेको थियो।

Share Post on Social media