चेन्नई सुपर किङ्स ५ विकेटले विजयी

असोज ३/खबरकलम: आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको टि-ट्वान्टी क्रिकेटको कुम्भमेला आईपिएलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

मुम्बई इन्डियन्सले दिएको १६३ रनको लक्ष्य ४ बल बाँकी छँदै चेन्नईले भेट्टाएको हो। ५ विकेटले चेन्नईलाई विजय गराउन अम्बाती राइडु र फाप डुप्लिसिसले अर्धशतक प्रहार गरे।

भोलिको खेल सन्दिप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पञ्जाब बीच हुनेछ।

Share Post on Social media