दिल्लीले दियो पंजाबलाई १५८ रनको लक्ष्य

असोज ४/खबरकलम:

आईपीएलमा जारी दोश्रो दिनको खेलमा सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पंजाब बीचको खेल चलिरहेको छ।

पहिले ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले जीतको लागि किङ्स इलाभेन पंजाबलाई १५८ रनको लक्ष्य दिएको छ। खराब सुरुवात गरेको दिल्लीको इनिङ्स मार्कस स्टोइनिसले एकतर्फी सम्हालेका थिए। उनले २१ बलमा ७ चौका ३ छक्काको मदतमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए।

पंजाबका मोहम्मद शामीले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए।

किङ्स इलाभेन पंजाबले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।

Share Post on Social media