भीरकोट युवा आवाजले प्याराग्लाइडिङ मैदान सफाई गर्दै
असोज ५/खबरकलम संवाददाता: भीरकोट युवा आवाजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गर्ने भएको छ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ मा अवस्थित सुन्दर पर्यटकीय स्थल स्वरेक मैदानमा भोलि असोज ६ गते भीरकोट युवा आवाजका युवाहरुको सक्रियतामा सरसफाई हुने भएको हो। यसअघि पनि युवाहरुले निकै पूरानो राजेन्द्र भवानी मन्दिर वरपरको क्षेत्र सफाई गरका थिए।
स्वरेकको मैदान यस्तो स्थल हो, जहाँ बाबु एड्भेन्चरको आयोजनामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता समेत सम्पन्न भएको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्