स्वरेक मैदानको सरसफाई सम्पन्न
नारायण प्रसाद कोइराला/असोज ६: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
केही समय अगाडी मात्र स्थापना भएको भीरकोट युवा आवाजका युवाहरुको अग्रसरतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो। भीरकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, भीरकोट युवा आवाजका युवाहरुको अग्रसरता र स्थानीय वासिन्दाको सहभागितामा प्याराग्लाइडिङ स्थल स्वरेक मैदानको सफाई अभियान पूरा भएको हो।
स्याङ्जा जिल्लाको स्वरेक मैदान आन्तरिक पर्यटनको लागि निकै महत्वपूर्ण मानिन्छ। यहाँबाट स्याङ्जा, वालिङ, भीरकोटका अधिकांश स्थानहरुको ३६० डिग्री दृश्यावलोकन समेत गर्न सकिन्छ।
केही समय अगाडी यही स्थानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भएको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्