बालुवा निकाल्दा स्याङ्जामा एकको मृत्यु

राम बहादुर रोका/ असोज १३: स्याङ्जाको वालिङ नगरपालिकामा गिट्टी निकाल्ने क्रममा माटोको डिस्को मुनि परी एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान स्याङ्जा जिल्ला वालिङ नगरपालिका -११ पेखुको पनेरगैह्रामा गिट्टी निकाल्ने क्रममा माथिबाट माटोको डिस्को खस्दा ३ जना पुरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । सोही डिस्कोमा पुरिएका गम्भीर घाइते ३ जनालाई उद्दार गरी गर्हौ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्ने क्रममा सोही वडाका ३९ वर्षीय दुर्गा थापाको मृत्यु भएको छ भने ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिंजालीको उपचार भइरहेको तर मुना थापाको खुट्टा भाचिएको स्वास्थ्य केन्द्रका सुचना अधिकारी देबेन्द्र प्रसाद भट्टराईले बताएका छन् ।

Share Post on Social media