आईपिएलमा दिल्ली र हैदराबाद भिड्दै

असोज १३/खबरकलम: युएईमा जारी आईपिएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीचको खेल चलिरहेको छ।

लगातार दुई खेल जितेर उच्च मनोबलसहित उत्रेको दिल्ली तेश्रो जितको खोजीमा हुनेछ भने हैदराबाद पहिलो जितको आसामा मैदानमा उत्रेको छ। यस अघिका दुई खेल लगातार हारेको हैदराबाद टिममा आज स्टार क्रिकेटर केन विलियम्सन रहनेछन्।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिल्लीलाई जितको लागि १६३ रनको लक्ष्य दिएको छ।

Share Post on Social media