तेश्रो दिन पनि शैक्षिक सामग्री वितरण गर्दै पहिलो पाइला नेपाल

असोज १३/स्याङ्जा:

पहिलो पाइला नेपाल स्याङ्जाले खाद्यान्न संकलन तथा सहयोग सँगसँगै शैक्षिक सामग्री वितरण कार्यलाई पनि निरन्तरता दिएको छ।

स्मृति काफ्लेको संयोजकत्वमा गठित पहिलो पाइला नेपाल स्याङ्जाका सबै सदस्यहरु समाजसेवी भावनाले ओतप्रोत भएका छन्। समाजमा केही न केही भूमिका निर्वाह गरेर युवा एकताको सन्देश दिईरहेका उनीहरुले यसपटक गरिब र विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै लगेका छन्।

शैक्षिक सामग्री वितरणको तेश्रो दिनमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-४ सेपतमा पुगेर बिद्यार्थी भाइबहिनीहरुलाई राहत वितरण गरिएको झलक अर्यालले बताए।

कलिला बाबुनानीहरुको वास्तविक समस्या बुझेर उनीहरुको सुनाैलाे शैक्षिक भविष्यकाे निम्ति शैक्षिक सामग्रीको अभाव नहोस् भन्ने मान्यताले थोरै भएपनि घरमै पुगेर शैक्षिक सामग्री बितरण गरिएकाे उनको भनाई छ।

उनले आउँदा दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने र सहयोगी मनलाई धन्यवाद ज्ञापन समेत गर्दै थप सहयोगको अपेक्षा समेत राखे।

Share Post on Social media