सनराइजर्स हैदराबादले जितको खाता खोल्यो
असोज १३/खबरकलम: संयुक्त अरब इमिरेट्स (युएई) मा चलिरहेको १३ औँ आईपिएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटल्सले २० ओभर खेल्दै जम्मा १४७ रन मात्र बनाएपछि १५ रनले हैदराबादले म्याच जितेको हो।
रसिद खानले ४ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिएपछि हैदराबादको पहिलो जित पक्का भएको हो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्