भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले गर्यो अनुदानमा लोकल कुखुराका चल्ला वितरण

साउन ५/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अनुदानमा लोकल कुखुराका चल्ला वितरण गरेको छ।

ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई प्रत्यक्ष रुपमा आर्थिक टेवा पुर्याउने उदेश्यले लोकल कुखुराका चल्ला वितरण गरिएको जानकारी सहकारी अध्यक्ष विश्वनाथ अर्यालले दिएका छन्। यसअघि करिब ३००० कुखुराका चल्ला वितरण गरिसकिएको र आजका ५००० चल्ला सहित आजसम्म ८००० चल्ला वितरण भएको उनको तथ्याङ्क छ।

२०७५ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा रु १००० मा शेयर खरिद गर्न सकिन्छ। भीरकोट नगरपालिका वडा नम्बर ३,५,६,७,८ कार्यक्षेत्र रहेको उक्त सहकारीले हरेक शेयरधनीलाई उद्यमशील बनाउने र बेरोजगारी समस्या समाधान गर्दै लैजाने उदेश्यले पहिलो चरणमा कुखुराका चल्ला वितरण गरिएको हो। पहिलो, दोश्रो चरणमा कुखुरा वितरण गर्दा स्थानीयको धेरै सहभागिता पश्चात तेश्रो चरणमा पनि चल्ला वितरण गरिने अर्यालले बताए।

केही दिन अघि मात्रै सहकारीले कृषि प्रयोजनका लागि १० वटा टनेल निर्माण कार्य सम्पन्न गरेको थियो।

निकट भविष्यमा पशु बिमा कार्यक्रम, बीउ बिजन वितरण कार्यक्रम, कृषक उनुदान लगायतका अन्य कार्यक्रम सञ्चालन गरिने अर्यालको भनाई छ।

साना किसान सहकारी संस्था देशभर नै शाखा संजाल रहेको संस्था हो। यसले कृषि पेशालाई आधुनिकीकरण गर्न मात्र नभई अनुदान र सहुलियतपूर्ण ऋण समेत उपलब्ध गराउँदै आएको छ। साथै साना किसान सहकारी संस्थाबाटै कृषकहरुलाई तालिम तथा भ्रमण समेत वर्षेनी गरिँदै आएको छ।

Share Post on Social media