स्याङ्जामा लगाइयो दशैलक्षित निषेधाज्ञा
असोज २८/स्याङ्जा:
आउँदै गरेको विजयादशमी, शुभदीपावली तथा छठलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले थप केही कार्यमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
केन्द्र सरकारले जिल्ला प्रशासनलाई दिएको अधिकारको प्रयोग गरी केही निषेधका कार्यक्रमहरू थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जानकारी दिए।
हेर्नुहोस्, के कुरामा निषेधाज्ञा जारी भयो?
Share Post on Social media
