प्रशासनले सच्यायो आफ्नो विज्ञप्ति। भन्यो, हामीले अनुरोध मात्र गरेका हौँ

असोज ३०/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आफ्नो विज्ञप्तिमा आएका धारणालाई प्रष्ट पार्दै अर्को विज्ञप्ति मार्फत जवाफ दिएको छ।

नयाँ प्रजिअको रुपमा आएका उमेश बस्नेतको हस्ताक्षरसहित असोज २८ गते आएको आदेशात्मक विज्ञप्तिमाथि जनसाधारणको चर्को बिरोध भएपछि प्रशासनले आफ्नै आदेश सच्याएको हो। चाडबाडको समयमा जिल्ला भित्र र बाहिरबाट समेत मानिसहरुको आवतजावत र भीडभाड हुने भएकाले उक्त संभावनालाई मध्यनजर गर्दै प्रशासनले सबैलाई सतर्क गराएको थियो।

तर, जिल्ला प्रवेशको निमित्त अनिवार्य रुपमा ७२ घण्टाभित्र गरेको पिसिआर रिपोर्ट बोक्नुपर्ने अन्यथा तोकिएका क्वारेन्टाइन स्थलमा क्वारेन्टाइन बस्नुपर्ने भन्ने कुरामा धेरैको असन्तुष्टि थियो। उक्त कुरालाई प्रशासनले थप स्पष्ट पार्दै भारत, काठमाडौँ उपत्यका तथा संक्रमण बढी भएको ठाउँबाट आउनेलाई उक्त रिपोर्ट बोक्न अनुरोध गरिएको भन्दै आज अर्को सूचना जारी गरिएको छ।

हेर्नुहोस्, आज जारी गरिएको विज्ञप्तिमा के उल्लेख छ?

Share Post on Social media