सवारीसाधनको भाडादर पूरानै कायम हुने

कार्तिक ३/खबरकलम संवाददाता: सरकारले सार्वजनिक यातायातमा भाडादर पूरानै कायम हुने निर्णय गरेको छ।

यसअघि लकडाउनको समयमा लागू भएको भाडादर खारेज गरी सरकारले पूरानै भाडादर कायम गरेको छ। कुनैपनि सवारीसाधनले बढी भाडा लिन नपाउने, सीट संख्याभन्दा बढी यात्रु राख्न नमिल्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क, पन्जा र भाइजर लगाउनुपर्ने, यात्रुहरुले समेत मास्क र फेसशिल्ड लगाउनुपर्ने व्यवस्था समेत गरेको छ।

यसअनुसार नभएमा सरकारले कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Share Post on Social media