अनिशा सहयोग अभियानको पहिलो चरणको आर्थिक संकलन हस्तान्तरण गरियो

कार्तिक ६/ प्रमोद खनाल: भीरकोट युवा आवाजको अग्रसरतामा सुरु गरिएको अनिशा सहयोग अभियानमा पहिलो चरणमा उठेको सहयोग रकम हस्तान्तरण गरिएको छ।

अनिशा सहयोग अभियानको पहिलो चरणमा उठेको रु १,५६,७७४ (एक लाख छपन्न हजार सात सय चौरहत्तर) भीरकोट नगरपालिकाका नगर प्रमूख छायाराम खनालको उपस्थितिमा संस्थाका अध्यक्ष सुनिल अर्याललाई हस्तान्तरण गरिएको र उक्त रकम आजै अनिशाको बुवा शेर बहादुर अर्याल क्षेत्रीको बैंक खातामा पठाइएको जानकारी अभियानका सदस्य प्रमोद खनालले दिएका छन्।

भीरकोट नगरपालिकाको परिधिभित्र रहेका सहयोगी, जिल्ला बाहिर तथा देश-विदेशबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा भीरकोट युवा आवाज आभार प्रकट गर्दछ। प्रमोद खनालले जनाएका छन्। उनले भनेका छन्, “दोस्रो चरणमा आवश्यक स्वास्थ्य मापदण्ड सहित हेल्प डेस्क (Help Desk) तथा घरदैलो कार्यक्रमलाई लिएर आउने छौँ र पहिलो चरणमा उठेको सम्पुर्ण सहयोगको विवरण सहित प्रतिबेदन छिट्टै नगरपालिकाको कार्यालयमा पनि पेस गर्ने छौँ”

भीरकोटकी स्थानीय युवती अनिशा अर्याल क्यान्सर रोगसँग जुधिरहेकी छन्। उनको उपचारको सहयोगार्थ भीरकोट युवा आवाजले सहयोग संकलन अभियान गरिरहेको छ।

Share Post on Social media