टीका लगाउन दाइको ससुराली गएका युवकको मृत्यु

कार्तिक १४/देश:

विजयादशमीको टीका लगाउन दाइको ससुराली गएका एक युवक मृत भेटिएका छन् ।

दाजु र भाउजुसँगै दाइको ससुराली गएका हेटौंडा उपमहानगरपालिका– ४ का राम गुरुङको शव बाग्मती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा सीसाले काटेर अधिक रक्तश्राव भई मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

Share Post on Social media