कोरोनाले ‘शून्य’मा झरेको पर्यटन कसरी उठ्दैछ ?

९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो । पर्यटक बोक्ने गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडि नै अन्तर्राष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो ।

अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा झर्न पुग्यो। पर्यटन व्यवसायी सुमन पाण्डे सम्झन्छन्, ‘सन् २००१ को ट्विनटावर आक्रमण, नेपालको सशस्त्र द्वन्द्व र २०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटकीय गतिविधि अहिले जसरी ‘शून्य’मा झरेको थिएन ।

Share Post on Social media