स्याङ्जामा मृगलाई उद्धार गरी वन कार्यालयमा बुझाइयो

कार्तिक ३०/खबरकलम संवाददाता: कार्तिक ३०/खबरकलम संवाददाता: स्याङ्जा जिल्लामा एक मृगको उद्धार गरी वन कार्यालयमा बुझाइएको छ।

स्याङजा वालिङ न.पा. ९ भुषालडाँडा बस्ने गणेश भुषालको घरमा जंगलबाट अन्दजी ७।८ महिनाको भाले जातको मृग घरभित्र पसेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी अधिकृत सहितको टोली खटिई गई उक्त मृगलाई उद्धार गरी वडा प्रहरी कार्यालय वालिङमा ल्याए पश्चात सभ-डिभिजन बन कार्यालय वालिङको सहकार्यमा वालिङ न.पा. १० भ्वाङखोलाको जंगलमा लगि छाडिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

Share Post on Social media