भोलिबाट लागू हुने गरी एक हप्ता वालिङ नगरपालिका सिल

मङ्सिर ४/ खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको वालिङ नगरपालिका भोलि शुक्रबार राति १२ बजेबाट लागू हुने गरी सिल हुने भएको छ।

विश्वभर फैलिएको कोरोना महामारी (कोभिड १९) को संक्रमणको भयावह अवस्था समाजमा नफैलियोस् तथा कुनै क्षति नपुगोस् भन्ने हेतुले सिल गर्न लागिएको नगरपालिकाले जनाएको छ।

अत्यावश्यक बाहेक सबै सेवा तथा क्षेत्र बन्द हुने र यस अवस्थामा अत्यावश्यक बाहेकका अन्य कुनै पनि कार्य नगर्न नगराउनु हुन नगरपालिकाले सबै नगरवासीहरुलाई अनुरोध गरेको छ।


Share Post on Social media