मुक्तिनाथ विकास बैंकले युरोपियन अवार्ड जित्यो

मंसिर ५/ काठमाडौं: मुक्तिनाथ विकास बैंकले युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० प्राप्त गरेको छ।

एक करोड ४० लाख बराबरको राशी रहेको उक्त नेपालको मुक्तिनाथ विकास बैंकले जितेको युरोपियन माइक्रो फाइनान्स प्लेटफर्मले जनाएको छ।

यसैबीच , कोरोनाको महामारीको समयमा पनि मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशत नाफामा वृद्धि गरेको छ । मुक्तिनाथ विकास बैंकको खुद नाफा २८ प्रतिशतले बढेको हो।

पहिलो त्रैमासिकमा मुक्तिनाथ विकास बैंकले २९ करोड ४१ लाख कमाएको छ ।

कोरोनाको बावजुत बैंकले गत वर्षको तुलनामा २८.५८ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको यसै आवमा बैंकले २२ करोड ८७ लाख नाफा कमाएको थियो।

Share Post on Social media