स्याङ्जामा कोरोना भाइरसको कारण थप एकको मृत्यु

मंसिर १२/स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को कारण थप एक जनाको ज्यान गएको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ की ५८ वर्षीय कोरोना संक्रमित महिलाको २०७७/०८/१२ गते दिउँसो १:३० बजेको समयमा मणिपाल शिक्षण अस्पताल , पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा मिति २०७७/०८/१० गते कोरोना संक्रमण पुष्टि भएको थियो भने Chronic Kidney Disease को समस्या पनि रहेको थियो।

Share Post on Social media