काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिने

मंसिर २५/काठमाडौं: काठमाडौंका मुख्य सडकमा दुई हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ।

सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच विहीबार १७ करोड लागतमा दुई हजार आधुनिक खालका सडक बत्ती बाल्ने  सहमतिपत्रमा हस्ताक्षर भएको छ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा विहीबार तीनै पक्षबीच  सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन्।

Share Post on Social media