जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अभियान ” safety pin campaign” सम्पन्न

मंसिर २५/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरूद्धको विशेष अभियान “ Safety Pin Campaign” सम्पन्न गरेको छ।

सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरूद्धको विशेष अभियान “ Safety Pin Campaign” अन्तर्गत आज सार्वजनिक सवारी साधनहरूमा सवार यात्रु , चालक तथा सहचालकहरूलाई सचेतनामूलक जानकारी दिनुका साथै पर्चा वितरण गरिएको जानकारी जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राजेन्द्र अधिकारीले बताएका छन्।

Share Post on Social media