साना किसान सहकारीको साधारणसभा सम्पन्न

पौष १९/स्याङ्जा: स्याङ्जा जिल्ला , अर्जुनचौपारी -३ सिरिनडाँडा स्थित श्री रापाकोट कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पहिलो वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

२०७६ साल कार्तिक २४ गते दर्ता भइ संचालनमा रहेको उक्त सहकारीमा ४४३ जना शेयर सदस्य र ४२ लाखको कारोबार गरिरहेको छ।

कार्यक्रमको सभापतित्वमा संस्थाका अध्यक्ष श्री उदयराज काफ्ले हुनुहुन्थ्यो भने प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष श्री लक्ष्मीपति पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रममा कृषि क्षेत्रमा रहेका कृषकलाई आर्थिक व्यवस्थापन र वचतका साथै आधुनिकिकरण , व्यावसायिक र आत्मनिर्भरताको विषयमा सबैले मन्तव्य दिनु भएको कुरा उक्त संस्थाका प्रबन्धक श्री गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Share Post on Social media