सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा हेलुमा सुरु

फागुन १५/स्याङ्जा: सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

याेसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल, भीरकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद कोराला र बैङ्कका वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले मन्तव्य राख्नुभएको थियो । सनराईज बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले गर्नुभएको थियो ।

उक्त शाखारहित बैंकिङ सेवाको व्यावसायिक प्रतिनिधिको रुपमा बैंकले युवराज अर्याललाई नियुक्त गरेको छ ।

पुतलीबजार नगरपालिका वडा नं. ११, हेलुमा खोलिएको शाखारहित सेवाको उद्घाटन पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्तरुपमा गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताउनुभयो ।

सनराइज बैंक गण्डकी प्रदेशका प्रदेश प्रमुख सुजन पौडेलको सभापतित्व तथा पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष ख्यामनारायण लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै सनराइज बैंक वालिङ शाखाका शाखा प्रमुख ध्रुवप्रसाद लम्सालले सनराइज बैंकको महत्व र बैंकले दिने सेवाहरुबारे प्रष्टाएका थिए।

शाखारहित सेवाबाट ग्राहकले बैङ्कका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, मोबाइल र डिसहोम टेलिभिजन रिचार्ज लगायत सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

Share Post on Social media