सुदिल शाहीलाई राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी

१० असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवर्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ राखेपका सदस्य सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Share Post on Social media