सुर्योदय सहकारीद्वारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

फागुन २२/स्याङ्जा: युवराज अर्याल
सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका वडा ११ र भिरकोट नगरपालिका वडा नम्बर १ का सदस्यहरु लाई १ दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।


भिरकोट नगरपालिका वडा नम्बर १ हेलुमा अवस्थित कन्साईन्स अंग्रेजी आवाशीय बिद्यालयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हुम बहादुर कुमाल, शिक्षा समितिका सदस्य सुवास मल्ल र बचत प्रमुख मोती प्रसाद मरासिनीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा भगवती अर्याल, भवानी क्षेत्री ढकाल र डाँसीनारारण पौडेलले राख्नुभएका प्रश्न र जिज्ञासालाई संस्थाका अध्यक्ष हुम बहादुर कुमालले प्रष्ट पार्नुभयो, आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन संस्थाले बिभिन्न तालीम, बित्तिय साक्षरता लगायतका कार्यक्रम बेला बेलामा सञ्चालन गरिरहने जानकारी पनि दिनुभयो । उहाँले संस्था अहिले जिल्लाका ४ वटा स्थानीय निकायसम्म पुगिसकेको र छिट्टै ११ वटै स्थानीय तहमा सेवा केन्द्र सञ्चालन गरिने जानकारी पनि दिनुभयो ।


झण्डै ४० जना सदस्यहरु सहभागी उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय कार्यालयका अध्यक्ष हुम बहादुर कुमालले गर्नुभएको थियो भने सञ्चालन मोती प्रसाद मरासिनीले गर्नुभएको थियो ।

Share Post on Social media