दुई गोलको अग्रता जोगाउन नसक्दा लाजियो पराजित, युभेन्टसलाई फाइदा

११ असार, काठमाडौं । इटालियन सिरी एअन्तर्गत गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३-२ ले पराजित भएको हो । यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ ।

खेलको पाँचौं मिनेटमा एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । ११औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । तर अग्रता कायम राख्न सकेन।

Share Post on Social media