आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

बैशाख ४/ काठमाडौं: स्वचालित मूल्य प्रणालीको नाउँमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । बारम्बार स्वचालित मूल्य प्रणालीको नाउँमा बढेको इन्धनको भाउमा बिरोधको कुनै आवाज बुलन्द हुन सकेको छैन।

Share Post on Social media