सुन्तला सुपरजोनको संयोजकमा तारा प्रसाद अर्याल चयन

वैशाख ६/स्याङ्जा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जाको सञ्चालन समितिको अध्यक्षमा भीरकोट नगरपालिकाका सुन्तला व्यवसायी तारा प्रसाद अर्याल चयन भएका छन् ।

समितिको हालै सम्पन्न अधिबेशनले अर्याललाई संयोजकमा चयन गरेको हो । ९ सदस्यीय समितिको अन्य सदस्यमा तिरमाया गुरुङ, अन्नतराज मरासिनी, भिमा जि.टी., नविन आले, सुरेन्द्र रेग्मी, यामबहादुर के.सी., ज्ञानेश्वर चापागाईं र हिमकला शर्मा अर्याल चयन भएका छन् ।

समितिले परियोजनासँग सहकार्य गर्दै सुन्तला सुपरजोन लागु भएका पालिकामा सुन्तला व्यवसायीको हकहित र प्रवद्र्धनमा काम गर्दै आएको छ । समितिले सुन्तला व्यवसायीको क्षमता अभिबृद्धिमा समेत टेवा पुर्याउँदै किसानहरुको बृद्धि विकासमा सहयोग गर्दै आएको छ।

हालै नेतृत्वमा आएका अर्याल भीरकोट स्थित विन्ध्यवासिनी अर्गानिक कृषि फर्मका संचालक समेत हुन्।

Share Post on Social media