वालिङ र रामपुर नगरपालिका पछि म्याग्दे गाउँपालिकाले पनि माग्यो खोपको अनुमति

मंगलबार/जेठ ११: कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त पारिरहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाले पनि खोपको निम्ति स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको छ।

आफ्नो गाउँपालिका क्षेत्रमा खोपको अत्यधिक माग भएको र विना खोप कोरोना महामारी भयाभह भएर फैलने सक्ने आंकलनका साथ गाउँपालिकाले खोपको व्यवस्था गरिदिन या नभए खोप व्यवस्थापन गर्न अनुमति दिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको हो।

Share Post on Social media