भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

भदौ २१/भीरकोट स्याङ्जा: स्याङ्जाको भीरकोट – १ हेलु नयाँबजारमा अवस्थित भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा आज एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख छायाराम खनालले विपन्न महिलाहरुलाई वचत गर्ने बानीको विकास गर्न रु१०००/- को दरले यस सहकारी संस्थामा शेयर सदस्य रकम वापत रकम सहयोग गर्ने,
कृषि एवं पशुपालनका क्षेत्रमा विविध योजना महिलाहरुका लागि तर्जुमा एवं कार्यान्वयन गर्ने, नगरपालिकाले गर्नुपर्ने महिलाहरुप्रतिको योजना प्रथमिकतामा कार्यान्वयन गर्ने कुरामा विशेष जोड दिएका थिए ।


चण्डीका सापकोटा (अर्याल ) को सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा विशिष्ट अतिथिको तर्फबाट भीरकोट नगर उप – प्रमुख सीमा के. सी. कर्माचार्यले,अतिथिको तर्फबाट भीरकोट नगर प्रबक्ता दिपेन्द्र के. सीले, नगर प्रमुखका स्वकिय सचीव नन्दलाल खनालले र भीरकोट नगर कार्यपालिका सदस्य विष्णु माया काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । उक्त सधारणसभामा अध्यक्षको प्रतिवेदन चण्डीका सापकोटा अर्यालले, सचीवको प्रतिवेदन सन्जु पौडेलले र कोषाध्यक्ष भगवती अर्यालको तर्फबाट संस्थाकि सहायक व्यबस्थापक अनु खड्काले आम्दानी तर्फ २लाख ६१ हजार ७ सय ८१ रुपैया ६० पैसा र खर्चतर्फ २ लाख १८ हजार ९ सय ६६ रुपैयाँ ४२ पैसाको आयव्यय प्रस्तुत गरेकी थिइन् ।
यसैबीच सो साधारणसभाले चण्डीका सापकोटा ( अर्याल ) को अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । चयन भएकाअन्य कार्यसमितिमा उपाध्यक्षमा उषा सापकोटा सचिवमा सन्जु पौडेल कोषाध्यक्षमा भगवती रेग्मी र सदस्यहरुमा क्रमशः कल्पना क्षेत्री वि.क., विष्णु बोटे माझी र तीरमाया गुरुङ रहेका छन् ।


साधारणसभा कार्यक्रमलाई स्वागत मन्तव्य उपाध्यक्ष उषा सापकोटाले र कार्यक्रमको संचालन सदस्य तीरमाया गुरुङले गरेको बताइएको छ ।

Share Post on Social media