वडास्तरीय भलिबल प्रतियोगिता सुरु
फागुन १४/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।
“खेल स्वास्थ्यका लागि,खेल राष्ट्रका लागि” भन्ने मुल नाराका साथ आजबाट सुरु भएको उक्त भलिबल खेल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका भीरकोट नगर सभापति यामप्रसाद अधिकारीले गरेका थिए।
रामभञ्याङ युवा क्लब भीरकोट १ ले आयोजना गरेको उक्त भलिबल प्रतियोगिताका सभापति राम जिटी, संचालक दीपक जिटी थिए।
स्वागत मन्तव्य हिरामाया माझीले दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगर काँग्रेस सभापति यामप्रसाद अधिकारी, विशिष्ट अतिथि काँग्रेस भीरकोट सचिव ताराप्रसाद अर्याल, भक्तबहादुर केसी थिए।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्