सवारी चालक अनुमतिपत्र परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरु पक्राउ

चैत ७/बुटवल: सवारी चालक अनुमतिपत्र परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरुलाई वुटवल प्रहरीले पक्राउ गरेको छ।

२०७८ साल चैत ५ गते यातायात व्यवस्था कार्यालय लुम्बिनीद्वारा संचालन गरिएको सवारी चालक अनुमति पत्रको लिखित परिक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थीहरु क्रमशः जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं.७ बस्ने वर्ष २२ को उद्दयराज भण्डारी, जिल्ला कपिलबस्तु नगरपालिका वडा नं.४ बस्ने वर्ष २० को दुर्गेश पाल,भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज बस्ने वर्ष १९ को सन्दिप कुर्मी, सोही स्थानमा बस्ने वर्ष १९ को महिप बर्मा समेतलाई पक्राउ गरी सार्वजनिक कसुरअन्तर्गत अनुसन्धान भई रहेको जानकारी प्रहरीले दिएको छ।

Share Post on Social media