नेपालको आर्थिक अवस्था निकै नाजुक बनेको बन्दै सजक रहन राष्ट्र बैंकको निर्देशन

चैत २२/काठमाडौं: नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ।

विदेशी मुद्रा सञ्चिति सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरु विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न नेपाल राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ।

यसअघि नै विदेशी मुद्रा अभावमा श्रीलंकाको आर्थिक अवस्था टाट पल्टिएको र त्यहाँ अत्यावश्यक सामग्रीको पनि चरम अभाव भएको छ। सरकारविरोधी प्रदर्शन भैरहेका छन्।‌

Share Post on Social media