आँधीखोला गाउँपालिकाले सुरु गर्यो आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह

साउन १८/स्याङ्जा: आँधीखोला गाउँपालिकाले आजबाट आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

पाँच वर्ष पुरानो कृषिको भवनलाई कार्यलय बनाएर गाउँपालिकाले हालसम्म सेवा प्रदान गर्दै आएको थियो।

चुहिने छानोबाट वर्षाको समयमा भुइँमा भाँडो थापेर र छाता ओडेर सेवा दिदै आएको पालिकाले आजबाट आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न पाउँदा निकै उत्साह लागेको आँधीखोला गाउँपालिकाका पूर्व अध्यक्ष सुधिर पौडेलले बताए। उनकै कार्यकालमा पालिकाको प्रशासकीय भवन बनाउने कार्ययोजना अघि बढेको थियो।

सुविधा सम्पन्न भवनबाट अबका दिनमा प्रदान हुने सेवा प्रवाहमा सहज र छिटोछरितो बनाउने प्रण आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गरेका छन्।जनताले पालिकाबाट प्रात गर्ने सेवामा सास्ति भोग्न पर्ने छैन उनले बताए।

आँधीखोला गाउँपालिका अन्धाअन्धी दह तथा आँधीमुहानको कारण धार्मिक महत्वले निकै प्रसिद्ध छ।

Share Post on Social media