भीरकोट उद्योग वाणिज्य संघले सम्पन्न गर्यो करदाता शिक्षा कार्यक्रम

साउन २०/स्याङ्जा: भीरकोट उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा करसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।‌

भीरकोट उद्योग वाणिज्य संघको समन्वय तथा करदाता सेवा कार्यालय स्याङ्जाको आयोजनामा आज भीरकोट सिटी सभाहलमा आयोजना गरिएको कार्यक्रममा भीरकोट नगरपालिकाका उद्योगी, व्यापारीहरु सहभागी भएका थिए।

” स्वेच्छिक कर सहभागितामा अभिवृद्धि, सुशासन विकास र समृद्धि” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरी करसम्बन्धी सचेतना अभियान गरिएको करदाता सेवा कार्यालय स्याङ्जाले जनाएको छ।

करदाता सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको कार्यक्रम आफूहरुले समन्वय गर्न पाउँदा खुशी लागेको र यस्ता कार्यक्रम निरन्तरताको समेत अपेक्षा रहेको भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइरालाले बताए।

Share Post on Social media