पोखरामा पन्ध्रौं हिसान स्पोर्ट्स मिट हुँदै

मंसिर १८/पोखरा: “स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद”, भन्ने नाराका साथ पोखरामा पन्ध्रौं हिसान स्पोर्ट्स मिट हुने भएको छ। एक कार्यक्रमका बीच उक्त स्पोर्ट्स मिट आयोजना गर्न जनाइएको छ।‌‌ पोखरामा लागिएको यस हिसान स्पोर्टस मिट कार्यक्रममा ७० विद्यालय तथा कलेजहरूको सहभागिता रहने छ। उक्त कार्यक्रममा लगभग ६५०० प्रत्यक्ष / परोक्ष रूपमा विद्यार्थीहरू सहभागी रहने छन्। हिसान, कास्कीले कक्षा ११ ,१२ र युनिभर्सिटी तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी १५ औँ हिसान स्पोर्टस् मीट यही पौष ७-११ गते पोखरा रङ्गशालामा आयोजना गर्दै छ।

उक्त कार्यक्रम सञ्चालनका लागि निवर्तमान अध्यक्ष एवम् प्रदेश वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माको संयोजकत्वमा एक मूल समारोह समिति गठन समेत गरिएको छ। साथै जिम्मेवारी वितरणका लागि विभिन्न उपसमितिसमेत निर्माण गरिएको छ। उक्त खेलकुद कार्यक्रममा छात्र/छात्रा भलिबल, टेबिलटेनिस, ब्याडमिन्टन र बास्केट बलका खेलहरू रहने छन्।

हिसान कास्कीको ब्रान्डका रूपमा रहेको स्पोर्टस् मिटले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आइरहेको छ र यस स्पोर्टस् मिट पनि खेलाडीहरूको खेल जीवनका लागि सारथी बन्न सकोस् भनेर यस्ता कार्यक्रम आयोजना गरिएको १५ औँ हिसान मिटका संयोजक डा.रामजी शर्माले जानकारी दिनुभयो।

Share Post on Social media