हिन्दु युवा संघको ज्ञापनपत्रमाथि सम्बोधन, दिइने भयो सार्वजनिक बिदा

पुष २०/स्याङ्जा: विश्व हिन्दु युवा संघ स्याङ्जाले भीरकोट नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमाथि नगरपालिकाले सम्बोधन गरेको छ।

विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले आज भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा माग गरेका थिए। उक्त ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गोविन्द कर्माचार्यले भीरकोट नगरपालिकाभित्र पौष २७ गते राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको जानकारी दिए।

नगरपालिकाले यसअघि पनि पौष २७ गते सार्वजनिक बिदा दिँदै आएको थियो।

Share Post on Social media