शीत भण्डारमा राखिएका सुन्तला कुहिए, किसान चिन्तित

पौष ३०/स्याङ्जा: शीत भण्डारमा राखिएका सुन्तला कुहिन थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन्। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकास्थित जैसीडाँडा शीत भण्डारमा राखिएका सुन्तला कुहिन थालेका हुन्।‌

भण्डारमा राखिएका सुन्तलाका क्रेटमध्ये सरदर १०० क्रेटमा २५ देखि ३० क्रेटसम्म कुहिएको पाइएको किसानहरुले दुखेसो पोखे।‌ २ क्रेटदेखि ११५० क्रेटसम्म भण्डारण गरी राखिएको तर सुन्तला मौसममै राखिएका सुन्तला कुहिन थालेपछि बेमौसममा झिकेर आर्थिक कारोबार गर्ने आफ्नो सपनामा बज्रपात परेको किसान बताउँछन्।

प्राविधिक परीक्षण गरी सुन्तला नकुहिने व्यवस्था मिलाउन किसानहरुले सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन्।

Share Post on Social media