रापाकोटमा जारी भलिबल प्रतियोगिता सम्पन्न, पर्वत भगराले उठायो शिल्ड
चैत्र २०/दीपक सुनार : कालिका युवा क्लब रापाकोटद्वारा चैते दशैं अर्थात रामनवमीको अवसर पारेर आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
उक्त भलिबल प्रतियोगिताको शिल्ड नव युवा क्लब भगरा पर्वतले उठाएको छ। आयोजक कालिका युवा क्लब द्वितीय, क्षेत्री समाज युवा क्लब आरुचौर तृतीय तथा सान्त्वना आयोजककै अर्को टीम भएको छ।
प्रतियोगितामा प्रथम हुनेले ७१ हजार शिल्ड, मेडल र प्रमाणपत्र , द्वितीय हुनेले ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र , तृतीय हुनेले ३१ हजार शिल्ड, मेडल र प्रमाणपत्र त्यसैगरी सान्त्वना हुनेले ११ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्।
वेष्ट सेटर आरुचौरका सोबित सुनार, वेष्ट ब्लकर आयोजकका दिलिप बि.क , वेष्ट लिब्रो भगराका अभिषेक नेपाली ,वेष्ट डिसिपिलिन आरुचौरका प्रवेश अधिकारी र वेष्ट प्लेयर : भगराका बिष्णु क्षेत्रीले प्राप्त गरेका छन्।
चैत १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उद्घाटन अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गरेका थिए भने समापन पनि अध्यक्ष तिवारीले नै गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिहरु अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ ,अर्जुनचौपारी गाउँपालिका वडा न.४ का वडाध्यक्ष भुवनसिङ गुरुङ ,वडा न.३ का वडाध्यक्ष शोभाकान्त काफ्ले वडा न.१ का वडाध्यक्ष रण बहादुर थापा रहेका थिए।
४ दिनसम्म भएको खेलमा स्याङ्जा र पर्वतका गरी १५ टिमको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष मकन गुरुङको सभापतित्वमा सम्पन्न खेलको सञ्चालन सुमित चापागाईले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्