भीरकोटमा ढापुक कालिका मन्दिर तथा ब्याडमिन्टन कोर्टको शिलन्यास गरियो

स्याङ्जा/भदौ २२:भीरकोट नगरपालिका वडा नं ८ ढापुकमा ढापुक कालिका मन्दिरको पुनःनिर्माणार्थ शिलन्यास गरिएको छ। भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले उक्त मन्दिरको शिलान्यास गरेका हुन्।

ढापुक कालिका मन्दिर आस्थाको केन्द्र समेत भएकाले यसको संरक्षण तथा सम्बर्द्धन गर्ने दायित्व नगरपालिकाको भएको बताउँदै नगरप्रमुख कर्माचार्यले मन्दिर निर्माणार्थ आर्थिक सहयोग समेत गरिएको बताए। अन्तर्राष्ट्रिय साक्षरता दिवस समेतको अवसर पारेर आज उक्त कार्यक्रम गरिएको थियो।

मन्दिर सँगसँगै आजै पब्लिक व्याडमिन्टन कोर्ट समेतको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।‌ उक्त कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले भीरकोटको बयरघारी, ढापुक हुँदै पर्वत जोड्ने सडकमार्ग स्तरोन्नतीको लागि वडाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकासँग पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता गरे।

कालिका युवा क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिका प्रमुख गोविन्द कर्माचार्य, विशिष्ट अतिथि भीरकोट नगर उपप्रमुख भगवती अर्याल, वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, नगरप्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, नेपाली कांग्रेस भीरकोट नगर सभापति लक्ष्मण अधिकारी, पब्लिक एकेडेमी माविकी प्रअ देवका रेग्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।‌

कार्यक्रमको सञ्चालन भने रिबन विश्वकर्माले गरेका थिए।

Share Post on Social media