चापाकोटका सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा नि:शुल्क

पौष २५/सुनिल न्यौपाने: चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रमलाई अगाडी ल्याइएको चापाकोट नगर प्रमुख देब बहादुर खाणले जानकारी दिए।

खाणका अनुसार यो कार्यक्रम नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा लागू हुनेछ। खाणले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ। यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ।”

नगरपालिकाले विशेषगरी विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्राथमिकतामा राख्ने जनाएको छ।

Share Post on Social media