स्याङ्जामा एक बृद्द मृत फेला

राम बहादुर रोका/खबरकलम

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ७२ का तोय बहादुर माझी सोमबार बिहान ८:३० को समयमा कालिगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार मृतक उनी माझी गाउँमा मागेर खाई हिँड्ने, श्रीमती माइतमा बस्ने र घरमा कोही नभएका व्यक्ति हुन्।

प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Share Post on Social media