स्याङ्जामा क्रियापुत्री समेत एसईई परीक्षामा सहभागी
खबरकलम डेस्क/स्याङ्जा : आजबाट सुरु भएको एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट दुई जना क्रियापुत्री सहभागी भएका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ को केन्द्रमा सञ्चालित परीक्षामा दुई दाजुभाइले आफ्नो बुबाको मृत्यु भएको चौथो दिनको काजक्रिया गरेकै अवस्थामा सम्मिलित भएका हुन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट फेदीखोला गाउँपालिका वडा नं ४ घर भई सिद्धार्थ मावि फेदीखोलामा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री उक्त परीक्षामा सहभागी भएको जनाइएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्